काठमाडौं । नयाँ सत्तागठबन्धनका कारण नेपाली कांग्रेस केन्द्रसहित आठवटै सरकारबाट बाहिर बस्नुपर्ने अवस्थामा आइपुगेको छ । पार्टी नेतृत्वले समयमै निर्णय नगरेकाले हातमै आएको सत्ता गुमाउन पुगेको हो ।
अहिलेकै सत्तागठबन्धन कायम रहेमा कांग्रेस आगामी पाँच वर्षसम्म प्रतिपक्षमै सीमित हुने निश्चित छ । तर प्रतिपक्षमा बस्नुपरे पनि कांग्रेसले सर्वसम्मत र निर्वाचनका माध्यमबाट प्रदेश संसदीय दलको नेता चयनलाई तीव्र पारेको छ ।
अहिलेसम्म कांग्रेसले पाँचवटा प्रदेशमा दलको नेता चयन गरिसकेको छ । जसमध्ये कर्णालीमा जीवनबहादुर शाही सर्वसम्मत भए भने चारवटा प्रदेशमा निर्वाचनको माध्यमबाट दलको नेता चयन हुनु भएको छ। कांग्रेसमा प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा निर्वाचनको माध्यमबाट दलको नेता चयन हुनुभएको छ । अब लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा दलको नेता चयन हुन बाँकी छ ।
अहिलेसम्म चयन भएका सबै प्रदेश संसदीय दलका नेता सभापति शेरबहादुर देउवा निकट रहनुभएको छ । प्रदेश १ मा उद्धव थापा, मधेस प्रदेशमा कृष्णप्रसाद यादव, बागमतीमा बहादुर सिंह लामा, गण्डकीमा सुरेन्द्रराज पाण्डे र कर्णालीमा जीवनबहादुर शाही पाँचैजना देउवा पक्षका हुनु हो । यदि कांग्रेस, माओवादी, एकीकृत समाजवादी गठबन्धन हुन्थ्यो भने उहाँहरु मध्ये धेरैजना मुख्यमन्त्री बन्ने निश्चित थियो ।
प्रदेश १ मा थापाले अमृत अर्याल र केदार कार्कीलाई पराजित गर्नुभयो । मधेसमा कृष्ण यादवले रामसरोज यादव, बागमतीमा बहादुरसिंहले इन्द्र बानियाँ, गण्डकीमा पाण्डेले भोजराज अर्याललाई पराजित गर्नुभएको हो ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भने कांग्रेसले दलको नेता चयन गर्न सकेको छैन । अन्य प्रदेशमा प्रदेश सभा बैठक आह्वान गरिसकेकाले पनि चाँडै दलको नेता चयन गरिएको हो । लुम्बिनी र सुदूरपश्चिममा अझै बैठक आह्वान गरिएको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच