क्रिस्टल प्यालेसमाथि टोटेनहमको फराकिलो जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा टोटेनहमले क्रिस्टल प्यालेसलाई ४-० गोल अन्तरले हराएको हो ।

खेलको ४८ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई सुरुआती अग्रता दिलाएका थिए । ५३ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दा टोटेनहमको अग्रता २-० को बन्यो ।

खेलको ६८ औं मिनेटमा माट दोहर्टिले गोल गर्दा टोटेनहमको अग्रता तेब्बर बन्यो । त्यसपछि खेलको ७२ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई ४-० को जित दिलाए ।

जितसँगै टोटेनहम ३३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । क्रिस्टल प्यालेस २२ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?