रुसद्वारा क्षणिक युद्धविरामको घोषणा

हिमालय टाइम्स
Read Time = 1 min

मस्को। अर्थोडक्स ईसाइहरूको क्रिसमस पर्वको अवसरमा रुसले क्षणिक युद्धविरामको घोषणा गरेको छ ।

युक्रेनमाथि आक्रमण गरेको १० महिना भन्दा लामो समयपछि पहिलो पटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज (शुक्रबार)देखि लागू हुने गरी ३६ घण्टाका लागि युद्धविरामको घोषणा गरेका हुन् ।

स्थानीय समय अनुसार शुक्रबार मध्याह्नदेखि सुरु हुने युद्धविराम ३६ घण्टा रहने छ । अर्थोडक्स ईसाइ र यहुदीहरुले जनवरी ७ मा क्रिसमस पर्व मनाउने भएका छन् ।

मस्कोस्थित अर्थोडक्स चर्चका प्रमुख प्याट्रियक किरिलको आग्रहमा राष्ट्रपति पुटिनले सोही पर्वलाई लक्षित गरी युद्धविरामको घोषणा गरेको क्रेमलिनले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?