नेपाल टी-२० लिग : उपाधिका लागि लुम्बिनी र विराटनगर भिड्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल टी-२० क्रिकेट लिगको आज फाइनल खेल हुँदैछ । उपाधिका लागि विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार भिड्दैछन्।

फाइनल खेल यी दुई टिमबीच कीर्तिपुर मैदानमा दिउँसो १२ बजेदेखि सुरु हुनेछ ।

यो लिगको विजेताले ५५ लाख रुपैयाँ पाउनेछ। यस्तै उपविजेताले ३० लाख, तेस्रो हुनेले १० लाख र चौंथो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

पहिलो संस्करणको नेपाल टी-२० क्रिकेट लिगमा लुम्बिनी अल स्टार, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स, काठमाडौं नाईट्स, पोखरा एभेन्जर्स र फार वेस्ट युनाईटेड गरी ६ टोलीको सहभागिता थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?