राष्ट्रपतिद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

फाईल फाेटाे

Read Time = 1 min

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज ट्वीट गर्दै दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

“यती एयरलाइन्सको एटिआर–७२ विमान पोखरामा दुर्घटना भएको खबरले स्तब्ध भएको छु । दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु”, राष्ट्रपतिले ट्वीटमा भन्नुभयो ।

— Bidya Devi Bhandari (@PresidentofNP) January 15, 2023

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?