फेरि विदेशिए तीन फुटबल खेलाडी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरू विदेशिनेक्रम रोकिएको छैन । सोमबार रातीमात्रै थप तीन खेलाडी सुरक्षित भविष्यको खोजीमा विदेशिएका छन् । राष्ट्रिय टोलीको पहिलो रोजाइका खेलाडीहरू तेज तामाङ, दिनेश राजवंशी र गौतम श्रेष्ठ सुरक्षित भविष्यको खोजीमा अष्ट्रेलिया प्रस्थान गर्नुभएको हो । तीनैजना खेलाडी सोमबार राती अष्ट्रेलिया प्रस्थान गर्नुभएको हो ।

आगामी फागुन १९ गतेदेखि हुने लिगका लागि डिफेन्डर दिनेश राजवंशी र मिडफिल्डर तेज तामाङ चर्च ब्वाइज क्लबमा अनुबन्धित हुनुहुन्थ्यो भने डिफेन्डर गौतम श्रेष्ठ संकटा क्लबमा अनुबन्धित हुनुभएको थियो ।

उहाँहरू अघि पनि एक दर्जन बढी फुटबल खेलाडी अष्ट्रेलिया पुगिसकेका छन् । यसअघि राष्ट्रिय टोलीका सदस्य दर्शन गुरुङ, सन्तोष तामाङ, सुमन लामा र आशिष लामासहित शिव गुरुङ, आकाश बुढा मगर, रुमेश बर्तौला र अमिर श्रेष्ठलगायतका खेलाडी अष्ट्रेलिया प्रस्थान गरिसक्नुभएको छ ।

नियमित फुटबल प्रतियोगिताहरू नहुनु तथा निश्चित आम्दानीका स्रोतहरू नहुँदा खेलाडीहरू विदेशिनेक्रम जारी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?