पोखरा । पोखराको सेती खोँचमा विमान दुर्घटनामा परी गाउँकै पहिलो पाइलट एवं प्रशिक्षक कमल केसीको निधन भएकोप्रति रुपा गाउँपालिकाले दुःख व्यक्त गरेको छ।
कास्कीको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले शोक विज्ञप्ति जारी गर्दै केसीप्रति श्रद्धाञ्जलि र परिवारप्रति समवेदना प्रकट गर्दै दुःख व्यक्त गर्नुभएको हो । रुपा गाउँपालिका–३ पोल्याङ स्थायी निवासी बुबा वीरेन्द्र केसी र आमा मीना केसीका जेष्ठ सुपुत्र ५९ वर्षीय क्याप्टेन कमल केसीको निधनले गाउँनै शोकमा डुबेको अध्यक्ष ओझाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अमेरिकाबाट पाइलट विषयमा अध्ययन गरेर विसं २०४६ मा नेपाल वायुसेवाबाट करियर सुरु गरी भारतको बैंगलोरस्थित इन्डियन एयरलाइन्स र पछिल्लो समय यती एयरलायन्समा आबद्ध क्याप्टेन केसीको निधनले रुपमा गाउँपालिकालाई अपूरणीय क्षति पुगेको जनाइएको छ ।
केसीलाई रुपा गाउँपालिकाको चौथो स्थापना दिवसको अवसरमा रुपा रत्न सम्मान २०७८ बाटसमेत सम्मान गरिएको थियो । बैठकले केसीको नाममा अर्धकदको सालिकसहितको पार्क निर्माण गरी शिलालेखमा जहाजमा दुर्घटना भएका ७२ जनाको नाम लेखिने र पाइलट केसीका बारेमा स्थानीय पाठ्यपुस्तकमा समावेश गराउने निर्णय गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच