पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधी रघुगंगा र अन्नपूर्णलाई

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । सातौं म्याग्दी महोत्सवको अवसर पारेर म्याग्दीको बेनीमा आयोजना गरिएको खुल्ला पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि रघुगंगा र अन्नपूर्ण गाउँपालिकाले हात पारेका छन् ।

शुक्रबार बेनीको खुल्ला मञ्चमा भएको फाइनल खेलमा अन्नपूर्ण गाउँपालिकालाई लगातार ३ सेटले पराजित गर्दै रघुगंगा पुरुष भलिबलको च्याम्पियन बन्न सफल भएको हो । त्यसैगरी महिला भलिबलतर्फको उपाधी अन्नपूर्ण गाउँपालिकाले जितेको छ । शुक्रबार (आज) बेनीको खुल्ला मञ्चमा भएको फाइनल खेलमा धवलागिरि गाउँपालिकालाई सोजो ३ सेट पराजित गर्दै अन्नपूर्ण गाउँपालिकाले महिला भलिबलको उपाधि जितेको हो ।
पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा अन्नपूर्ण गाउँपालिकालार्ई १९–२५, १३–२५ र १७–२५ को सेटमा पराजित गर्दै रघुगंगा गाउँपालिका प्रथम हुन सफल भएको जिल्ला भलिबल संघ म्याग्दी अध्यक्ष तेजेन्द्र बानियाँले बताए ।

महिला भलिवल प्रतियोगितामा धवलागिरि गाउँपालिकालार्ई २२–२५, १७–२५ र १०–२५ को सेटमा पराजित गर्दै अन्नपूर्ण गाउँपालिका प्रथम हुन सफल भएको जिल्ला भलिबल संघ म्याग्दी अध्यक्ष बानियाँले जानकारी दिए ।

पुरुष भलिवल प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई मेडल, ट्रफी,प्रमाणपत्रसहित ८८ हजार ८८८ र ५५ हजार ५५५ रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, व्लकर, सर्भर, डिफेन्डर र सेटरलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले ५५ हजार पाँच सय ५५ रुपियाँ र दोस्रो हुनेले ३३ हजार तीनसय ३३ रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, व्लकर, सर्भर, डिफेन्डर र सेटरलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
सातौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७९ को अवसरमा खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?