कांग्रेसको पदाधिकारी बैठक बस्दै

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक आह्वान गर्नुभएको छ ।

आज बिहान साढे ९ बजे आफ्नो निवास धुम्बाराहीमा बस्ने गरी सभापति देउवाले पदाधिकारी बैठक बोलाउनुभएको हो ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको जानकारी दिनुभयो ।

कांग्रेसले नेविसंघलगायत भ्रातृ संस्थालाई पूर्णता दिने गृहकार्य गरेको छ । स्ववियु चुनाव चैतमा हुने भएकाले नेविसंघलाई पूर्णता दिने तयारी गरिएको हो ।

यस्तै सभापति देउवाले अब बस्ने केन्द्रीय समिति बैठक तयारीलगायत विषयमा पनि कुराकानी गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?