धनगढी । कञ्चनपुरको एक अनाथालयमा बालिकाहरूमाथि यौन शोषण गरेको आरोपमा अनाथालयका प्रमुख पक्राउ परेका छन्।
प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार अनाथालयमा बस्दै आएका बालिकाहरूलाई यौन शोषण गरेको आरोपमा अनाथालयका प्रमुख सञ्चालक शंकरबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।
उनका अनुसार लामो समयदेखि बालिकाहरूमाथि यौन शोषण हुँदै आएको सूचना प्रहरीलाई जानकारीमा आए पछि चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।
अनाथालयमा आश्रित १४ वर्षीया र १६ वर्षीया बालिकामाथि शोषण गरेको उजुरी परेको थियो । पक्राउ परेका चन्दमाथि अहिले हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको