इम्फाल । मणिपुरको इम्फाल पूर्वी जिल्लामा रहेको एक फेसन शो स्थलमा शनिबार बिहान करिब ६ बजे बम विष्फोट भएको छ । यस विष्फोटमा कुनै मानवीय क्षति नभएको जिल्ला एसपीले बताका छन् । यस फेसन शोमा अभिनेत्री सन्नी लियोनी पनि सहभागी हुने कार्यक्रम थियो । यो शो फेबुवरी ५ मा हुने थियो । यसअघि मणिपुरको उखरुल जिल्लामा २५ जनवरीमा विष्फोट भएको थियो ।
शुक्रबार साँझ करिब ५ः३० बजे गान्धी सर्कलमा आईईडीमार्फत विष्फोट गराइएको थियो । विष्फोटबाट नजिकै पार्किङमा राखिएका गाडीमा क्षति पुगेको समाचार छ । स्रोतका अनुसार विष्फोट यति ठूलो थियो कि गान्धी सर्कलबाट दुई किलोमिटर टाढा विनो बजारसम्म यसको आवाज सुनिएको थियो । एजेन्सी ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको