काठमाडौं । गीतकार हरि उप्रेतीको नयाँ गीत ‘तिमी राधा हुनु मेरी’ सार्वजनिक भएको छ । प्रमोद खरेल र तृप्ती खडका/गुरुङको स्वर, गोविन्द मधुर आचार्यको संगीत र कमल थापको मिक्सिङ एवं माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
विजय गुरुङको निर्देशन रहेको गीतको भिडियोमा विजय गुरुङ र समप्रिय खडकाको अभिनय छ । केशव अधिकारीको छायांकन, दीपकको ड्रोन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन र कलर छ ।
हरि उप्रेती नेपाली साहित्य तथा गीत, संगीतको क्षेत्रमा समर्पित र स्थापित हुनुहुन्छ । उहाँका ‘करुण’ गीति एल्बम, अडियो बुक ‘मनका तरेलीहरू’ र ‘करुण-२’ गीति एल्बम श्रोता/दर्शकमाझ आएका छन् । उहाँका धेरै गीत लोकप्रिय रहेका छन् भने गीतसंगीतबाट थुप्रै अवार्ड पनि चुम्न सफल हुनुभएको छ । यस्तै उहाँको केही समय पहिला गजलसंग्रह ‘गुनासो’ पाठकमाझ आएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको