सिंहदरवारमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठक बसिरहेको छ । सिंहदरवारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा समितिको बैठक बसिरहेको हो ।

बैठक ७ फागुनमा पर्ने प्रजातन्त्र दिवस मनाउने विषयमा केन्द्रित रहेको छ ।

राष्ट्रियस्तरमा हरेक वर्ष ७ फागुनमा प्रजातन्त्र दिवस मनाउने गरिन्छ । ७ फागुन २००७ मा तत्कालीन राजा त्रिभुवनले १०४ वर्षदेखि रहेको जहाँनियाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्र घोषणा गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?