साहरा विहिनको सारथि बन्दै गुठिचौर गाउँपालिका

विजय रावत जुम्ला, संवाददाता
Read Time = 6 mins

जुम्ला । भनिन्छ कुनै कुराको आवश्यक र दुख परेको बेला सहयोग गर्ने भनेकै घर परिवारदेखी आफन्तनै चाहिन्छ । यही नेपाली भनाइलाई व्याख्या गर्दे देशमा तीनवटा सरकार रहेकाछन् । सबैभन्दा नजिकको सरकार स्थानीय सरकारले वडास्तरमै प्रत्यक्ष कामदेखी केही कठिन परेपनि स्थानीय सरकारका जनप्रतिनिधिले काम गर्ने गरेकाछन् ।

बर्षौंदेखी टहरामा वास वसेकी जुम्लाकी बिजमाया जैसीको आवास अभियानका लागि जिल्लाको गुठिचौर गाउँपालिकाले रु एक लाख रकम विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले कार्यपालिकाको वैठकले रु तत्काल एक लाख रुपैया सहयोग गर्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले अहिले तत्कालका लागि रु एक लाख सहयोग गर्ने गाउँ कार्यपालिकाको कार्यालयले निर्णय गरेको जानकारी दिनुभयो । गाउँपालिकाले आवासका लागि सो रकम विनियोजन गर्ने निर्णय गरेपछि आवास बन्ने केही आशा शुरुवात भएको छ ।

गुठिचौर-५ निवासी ४० बर्षिय बिजमाया जैसीको ३ बर्षदेखी हिउँले घर भत्किदा परिवार टहरामा थियो । सो बिषय संचार माध्यमले वाहिर ल्याएपछि बिजमायाको आवास बनाउने अभियान शुरु भएको छ । गाउँपालिकामा विजमायाले दिएको निवेदनअनुसार गाउँपालिकाले शुरुवात गरेपछि अव केही आशा जागेको र गाउँपालिकालाई सहयोगका लागि उहाँले धन्यवाद दिनुभयो ।

उहाँले यतिले आवास बनाउन नसकिने तर गाउँपालिकाले सहयोग गरेकोमा धन्यवाद दिनुभएको छ । बिजमाया जैसीको परिवार ३ बर्ष देखी टहरामा हुनुहुन्छ, उहाँ सँगै १५ बर्षिय छोरा र ११ बर्षिय छोरी समेत त्यही टहरामा बस्न वाध्य हुनुहुन्छ । १२ बर्ष अघि घर छोडेर गएका श्रीमान् घर फर्केका तर ज्यान मात्रै लिएर आएका बिजमाया बताउनुहुन्छ । गुठिचौरगाउँपालिका उपाध्यक्ष शान्ति मल्ल भण्डारीले घरवास विहिन विजमायाको घरका लागि कार्यपालिकाले शुरुवात गरेको तर थप प्रयासमा आफु भएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत देवकी रावतकाअनुसार उहाँलाई तत्काल सञ्चार माध्यममा आवास नभएको आएपछि शुरुवात गरिएको हो । उहाँको सहयोगका लागि अन्य कानून अनुसार मिल्ने केही बजेट शिर्षक भएमा पनि गाउँपालिकाले प्रथमिकता दिने बताउनुभयो । उहाँले बिजमायाको आवासका लागि अन्य गैरसकारी संस्था तथा निकायहरुले पनि थोरै थोरै सहयोग गर्न अनुरोध गर्नुभयो । बिजमाया आवासका लागि सरोकारवाला निकाय धाउदै पत्रकार महासंघमा पनि पटक पटक पुग्नु भएको थियो ।

यस पछि बिजयमायाको अवस्था बुझ्न महासंघका उपाध्यक्ष दिलमाया शाही नेतृत्वको टोली फाईगाउँमा पुग्नुका साथै महासंघले आवास निर्माणका लागि आभास अभियान शुरु गरेको छ । बिजमायाको पुरानो घर ठिकै थियो । त्यसैमा जेनतेन बालबच्चासँग जीवन निर्वाह गरिरहनु भएको थियो । त्यही घर पनि २०७७ सालको पुस महिनाको हिमपातले भत्कियो । घर बनाएको जग्गा माइतीले दिएका हुन । घर बनाउने पैसा थिएन । त्यही भत्केको घर नजिक काठको टहरा बनाएको हुँ, उहाँ भन्नुहुन्छ, अरू दुःखमा परे माइत जान्छन ।

आफ्नासँग सुखदुःख साट्छन । मेरो त्यो बाटो पनि छैन । आफ्नो मात्रै मेहनतले साँझ बिहानको छाकको जोहो गर्नै गाह्रो भएको छ । बिजमायाले घर बनाईदिन सहयोगका लागि वडा कार्यालय, गाउँपालिकामा पनि गुहार गरिरहनु भएको थियो । अहिले सम्म मेरो बिषय सुनुवाई भएको छैन । बिजमायाको माइतमा बुढा भइसकेका वुवा, दुई भाइहरू र दिदी हुनुहुन्छ । माइतमा पनि आर्थिक अवस्था कमजोर नै छ । “घर बनाइदेऊ पनि भन्न सकिँदैन ।

यस्तै छ,” उहाँले भन्नुभयो । बिजमायाका छोराछोरी त्रिभुवन माध्यमिक विद्यालय झारजुवालामा पढ्दैछन । छोरा १० र छोरी ६ कक्षामा पढिरहेका छन । दुबैले पढ्ने सरकारी विद्यालय हो । आफूले स्कुलको पोसाकसमेत किनिदिन नसकेका कारण उनीहरू विद्यालय जान नमान्ने  भन्ने बिजमायाको भनाई छ । छोराको हात सुनिएर विरामी समेत भएकाले डर लागि रहेको बताउनु हुन्छ । बिजयमायाले गाउँपालिकाले रु एकलाख सहयोग गर्ने भनेपछि खुशी हुदै भन्नुभयाे, 'अव थोरै थोरै अरु काेही निकाय तथा व्यक्तिले सहयोग गर्छन कि ।'

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?