शाहरुख खानले भने, ‘मुश्किलले एक्सन हिरो बनेको छु’

Read Time = 1 min

काठमाडौं । बलिउडका बादशाह शाहरुख खानले मुश्किलले एक्सन हिरो बनेको बताएका छन् ।

बलिउडमा शाहरुखको पठानले धुम मचाईरहेको बेला यस्तो प्रतिक्रिया दिएका हुन । उनले भनेका छन, ‘अरे यार मुश्किलले एक्सन हिरो बनेको छु, तिमी अझै राज (दिलवाले दुल्हनीया ले जाएंगेको हिरो) जस्तै होस भन्ने चाहान्छौ, राज त सबैको घरमा छ ।’

शाहरुख खानका पठानले हिन्दी सिनेमामा अहिलेसम्म झन्डै ९०० करोडको व्यापार गरिसकेको छ । छोटो समयमा यति धेरै रकम संकलन गर्ने रेकर्ड कायम गरेको यशराज फिल्मले जनाउँदै आएको छ ।

यसैबिच, शाहरुख खानले अभिनय गरेको दिलवाले दुल्हनिया ले जायंगेलाई पुनस् सिनेमा हलमा उतारको छ । भ्यालेन्टाइनको अवसरमा उक्त सिनेमालाई पुनस् दर्शक माझ ल्याएको हो । अहिले भारतका ३७ वटा सिनेमा हलमा सो चलचित्र प्रदर्शन भईरहेका छन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?