ताप्लेजुङमा भूकम्पको धक्का महसुस

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ताप्लेजुङमा सोमबार सबेरै भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहान साढे ४ बजे ताप्लेजुङको लेलेप आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो परकम्प नभई नयाँ भूकम्प हो । भूकम्पपछि हालसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?