महिन्द्रा केयर फेष्ट हुने

Read Time = 1 min

काठमाडौं । बालाजु अटो वक्र्सले महिन्द्रा केयर फेष्ट आयोजना गर्ने भएको छ । फागुन १४ गतेदेखि १९ गतेसम्म देशव्यापीरूपमा आयोजना हुने फेष्टमा फ्रि लेबर चार्ज, फ्रि हेल्थ चेकअप, लुब्रिकेन्ट्समा १० प्रतिशत छुट र स्पेयर पार्ट्समा ५० प्रतिशतसम्म छुट तथा एक्सेसरिजमा २५ प्रतिशतसम्म छुट रहेको कम्पनीले जनाएको छ ।

महिन्द्राको सर्भिस सेन्टरमा गएर पनि केयर फेष्टमा भाग लिन सकिनेछ । सहायक कम्पनी अग्नि आस्था प्रालिले केयर फेष्टमा महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्री वा एक्सचेन्ज सुविधा पनि ल्याएको छ्र । महिन्द्राका सर्टिफाइड युज्ड गाडी खरिद गर्दा अफर पनि रहेको छ । अफर काठमाडौं, भैरहवा र इटहरीमा उपलब्ध हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?