कांग्रेस नेता ठकुरीको निधन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा रामबहादुर ठकुरीको निधन भएको छ । ९८ वर्षको उमेरमा उहाँको मंगलबार भक्तपुर स्थित आफ्नै निवासमा निधन भएको हो । उहाँ नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका पूर्व-सभापतिसमेत हुनुहुन्थ्यो ।

विसं. २०१७ सालको काण्डको विरोधमा लोकतन्त्रको पक्षमा उहाँसहितका युवाहरूले काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रमहरू गरेपछि लगत्तै भारत निर्वासनमा जानुपरेको थियो ।

भारत निर्वासनमा समेत बस्नुभएका उहाँ विसं. ०२६ सालमा स्वदेश फर्किनुभएको थियो । स्वदेश फर्किएपछि उहाँ नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहनुभएको थियो । ०३६ सालको जनमत संग्रहमा बहुदलका पक्षमा, ०४२ सालको सत्याग्रह, ०४६को जनआन्दोलनमा उहाँको महत्वपूर्ण योगदान रहेको थियो ।

वरिष्ठ पत्रकार तथा नेपाली कांग्रेस भक्तपुरका नेता माथवीर सिंह बस्नेतले ठकुरीको योगदानको स्मरण गर्दै हिमालय टाइम्ससँग भन्नुभयो, ‘उहाँ प्रजातन्त्रप्रति निष्ठावान, इमान्दार र हामी सबैका प्रेरक व्यक्तित्व हुुनुहुन्थ्यो । उहाँको निधनले हामीसबैलाई अत्यन्त दुःखित तुल्याएको छ ।’

स्व. ठकुरीका चार छोरा छन् । उहाँको मंगलबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?