हरिको ‘माया यसै छ’

Read Time = 1 min

काठमाडौं । गीतकार हरि उप्रेतीको नयाँ गीत ‘माया यसै छ’ सार्वजनिक भएको छ । वरिष्ठ गायक प्रेमराजा महत र तृप्ति खड्का गुरुङको स्वरमा रहेको ‘माया यसै छ’ लोकदोहोरी गीतको भिडियो सार्वजनिक भएको हो । तृप्तिकै संगीत, नवराज खड्काको रेकर्डिङ र कमल थापाको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियोलाई विजय गुरुङले निर्देशन गर्नुभएको हो ।

विजय गुरुङ, वसन्त घिमिरे, नवराज खड्काको अभिनय रहेको गीतको भिडियोमा देव पुनको छायांकन र मिलन विश्वकर्माको कलर र सम्पादन छ ।

हरि उप्रेती नेपाली साहित्य तथा गीत, संगीतको क्षेत्रमा समर्पित र स्थापित हुनुहुन्छ । उहाँका ‘करुण’ गीति एल्बम, अडियो बुक ‘मनका तरेलीहरू’ र ‘करुण-२’ गीति एल्बम श्रोता/दर्शकमाझ आएका छन् । उहाँका धेरै गीत लोकप्रिय रहेका छन् भने गीत-संगीतबाट थुप्रै अवार्ड पनि चुम्न सफल हुनुभएको छ । यस्तै, उहाँको केही समय पहिला गजलसंग्रह ‘गुनासो’ पाठकमाझ आएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?