३० मुख्य शहरमा टिभिएसको माइलेज क्याम्प

Read Time = 2 mins

काठमाडौं । टिभिएस स्कुटर तथा मोटरसाइकलको नेपालस्थित आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नेपालभरका ३० मुख्य शहरमा टिभिएस एनटर्क स्कुटर माइलेज क्याम्प सञ्चालन गरेको छ । माइलेज क्याम्पमा माइलेज टेस्ट, स्कुटर चेक क्याम्प र माइलेज र्‍यालीलगायतका कार्यक्रम आयोजना गरिएको छ । क्याम्पमा सहभागी सबै एनटर्क राइडरलाई फ्री सर्भिसिङ र स्पेयर पार्ट्समा १० प्रतिशत छुटका साथै लेबर चार्जमा शतप्रतिशत छुटको व्यवस्था गरिएको छ ।

सो अवसरमा जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत दिपक अग्रवालले भन्नुभयो, ‘यो माइलेज क्याम्पको मुख्य उद्देश्य हाम्रा ग्राहकसँग भेटघाट र अन्तरक्रिया गर्नु हो, जसमा नेपालभरका विभिन्न शहरबाट उत्साहजनक सहभागिता रहेको छ । हाम्रा उत्पादनले हाम्रा ग्राहकलाई दिएको सन्तुष्टि र खुसी देखेर हामी अत्यन्तै खुसी छौँ ।’ माइलेज क्याम्पमा हालसम्म काठमाडौं, नारायणगढ, हेटौंडा, पोखरा, नेपालगञ्ज, बिर्तामोडलगायत शहरबाट एक हजारभन्दा बढी एनटर्क राइडर सहभागी भइसकेको कम्पनीले जनाएको छ । माइलेज क्याम्पमा सहभागी हुन आफ्नो नजिकैको टिभिएस शोरुम अथवा सर्भिस सेन्टरमा गएर आफ्नो स्कुटरको माइलेज चेक गराउन सकिने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?