वासु शशी पुरस्कार र सम्मान हिरण्य भोजपुरे, श्यामल र डा. गोपीकृष्णलाई अर्पण गरिने

हिमालय टाइम्स
Read Time = 1 min

भक्तपुर । वासु शशी स्मृति परिषद्ले वरिष्ठ साहित्यकार हिरण्य भोजपुरेलाई ‘वासु शशी साहित्य सम्मान २०७९’ प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी साहित्यकार श्यामललाई नगद राशि २५ हजार र सम्मानपत्रसहित ‘वासु शशी साहित्य पुरस्कार २०७९’ प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै अनुसन्धानकर्ता उप-प्राध्यापक डा.गोपीकृष्ण खतिवडालाई २१ हजार नगद राशि र सम्मानपत्रसहित ‘वासु शशी पुरस्कार २०७९’ प्रदान गर्ने निर्णय गरेको छ । सो निर्णय परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो ।

वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८७औं जन्मजयन्ती आगामी चैत १३ गते आयोजना गरिने कार्यक्रममा सबै सम्मान प्रदान गरिने परिषद्का सचिव प्रधुम्न जोशीले जारी गर्नु भएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?