कर्जा अशुली गर्न गएका बैंकका कर्मचारीमाथि आक्रमण

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको एक बैंकका कर्मचारी माथि आक्रमण भएको छ । कर्जा अशुली गर्न ऋणीको घर गएका बेनीको एनआईसी एसिया बैंकका कर्मचारीमाथी आक्रमण भएको हो ।

बैंकका कर्मचारीकाअनुसार बेनी शाखा कार्यालयका प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि आक्रमण भएको हो । आक्रमणमा परेर आलेकोे टाउकोमा चोट लागेको छ भने सापकोटा समेत घाइते हुनुभएको छ ।

कर्मचारीद्धय ऋण अशुली गर्नका लागि पर्वत जिल्लाको जलजला गाउँपालिका वारीबेनी (पर्वत बेनी)मा जानुभएको थियो । पत्र र लगानीको लागि कुरा गर्न पुगेका कर्मचारी माथि सटर लगाएर नियोजितरुपमा कुटपिट भएको पीडित सापकोटाको भनाइ छ । सापकोटा र आलेमाथि नियोजितरुपमा सांघातिक आक्रमण भएको बैंकका कर्मचारीले बताएका छन् ।

बैंकिङ जस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादती र कर्मचारीमाथि भएको घटनाको बिषयमा आज (शुक्रवार) १० बजेपछि म्याग्दीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बैंर्कश संघ म्याग्दीका अध्यक्ष नवराज ढुङ्गानाले बताउनुभयो ।

पर्वतका डीएसपी मधुसुधन न्यौपानेले घट्नमा संलग्न पर्वतको जलजला गाउँपालिका-२ का ४० वर्षीय कृष्णबहादुर मल्ललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

यसैबीच बैंक सञ्चालकहरुको संस्था सीबीफीनले एक विज्ञप्ती जारी गर्दै म्याग्दीमा रहेको एनआईसी एसिया बैंकका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि सांघातिक आक्रमण भएको जनाएको छ । बिहीबार उनीहरुमाथि नियोजित रुपमा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाएको सीबीफीनले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र कर्मचारीहरुमाथि दुर्व्यवहार गर्ने, लुटपाट गर्ने, कार्यालय बन्द गर्न धम्की दिने जस्ता अराजक गतिविधि र आक्रमण बढ्दै गएको भन्दै त्यस्ता कार्यमा संलग्नहरुलाई कानुनी कारबाही गर्न सीबीफीनले विज्ञप्तीमार्फत माग गरेको छ ।

जाजरकोटमा कर्मचारीमाथि गरिएको दुर्व्यवहार, मकवानपुरमा कुमारी बैंकको शाखा कार्यालयमा गरिएको धरपकड र ज्यादती तथा म्यग्दीमा बैंकका कर्मचारीमाथि ज्यान लिने गरी आक्रमण गरिएको घट्नाप्रति गम्भीर ध्यानाकर्षण भएको सीबीफीनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?