काठमाडौं । चौथो संस्करणको ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड-२०२३’ को आवेदन खुला गरिएको छ । स्टार वान इन्टरटेनमेन्ट र विलक्षण क्रिएसनले आयोजना गर्दै आएको अवार्ड सन् २०१८ मा घोषणा भएको यो अवार्ड कोरोनाका कारण एक वर्ष सरे पनि २०२० बाट नियमितरूपमा हुँदै आएको छ ।
इन्टरटेनमेन्टकी अध्यक्ष पूजा निरौलाले नेपाली गीत संगीत र पहिरनलाई प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड आयोजना हुँदै आएको जानकारी गराउनुभयो ।
अवार्डमा गीत संगीततर्फ आधुनिक, गजल, पप, लोकपप, लोक, लोकदोहोरी, चलचित्र, राष्ट्रिय भाव, चाडपर्व, भाषाभाषी, भेगविशेष र भजन गीतहरूले भाग लिन पाउने बताइएको छ । गीतसँगै म्युजिक भिडियोको टिमले पनि भाग लिने पाउनेछन् ।
कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलका अनुसार अवार्ड समारोहमा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान पनि गरिनेछ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच