ललित र दीपेशलाई विराटनगरले सम्मान गर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

विराटनगर । विराटनगर महानगरपालिकाले क्रिकेटर ललित राजवंशी र दिपेश कँडेललाई एक लाख एक हजारसहित सम्मान गर्ने निर्णय गरेको छ । राष्ट्रिय टोलीका सदस्य राजवंशी र यू-१९ टोलीका सदस्य कँडेललाई सम्मान गर्ने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ ।

नेपाली क्रिकेटलाई विश्वकप छनोटमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने राजवंशी र यू-१९ विश्वकप छनोटमा यूएईविरुद्ध ह्याट्रिक गरी नेपाललाई विश्वकपसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका ेभन्दै कँडेललाई एक लाख एक हजार नगदसहित सम्मान गर्ने निर्णय भएको नगरप्रमुख नागेश कोइरालाले जनाउँनुभयो ।

यस्तै नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल मल्ललाई बुटवल उपमहानगरपालिकाले सम्मान गरेको छ । उपमहानगरपालिकाले सोमबार एक समारोहका बीच मल्ललाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको हो । मल्ल बुटवलका बासिन्दा भएको र खेलमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा बुटवलको पहिचान बढाउन योगदान गरेकाले सम्मान गरिरएको नगरप्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।

उपमहानगरले पूर्वक्रिकेट खेलाडी एवं कुशल मल्लका प्रशिक्षक शक्ति गौचन र कुशलकी आमा शर्मिला मल्ललाई समेत सम्मान गरेको छ । यसअघि कुशल अध्ययनरत बुटवलकै न्यू होराइजन संस्थाले पनि २१ हजार ५०० रुपैयाँ नगदसहित मल्ललाई सम्मान गरेको थियो । कुशल बुटवल-११ देवीनगरका स्थायी बासिन्दा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?