विकास बोर्डद्वारा आयोजित लेखन र निर्देशन कार्यशाला सम्पन्न

Read Time = 2 mins

काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा चलचित्रको पटकथा लेखन र निर्देशन विषयक कार्यशाला सम्पन्न भएको छ । तीन दिने कार्यशालाको आइतबार बोर्डमा प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्दै समापन गरिएको हो ।

चैत्र ३ देखि ५ सम्म सञ्चालित कार्यशालामा ४८ जना प्रशिक्षार्थीको सहभागिता थियो । विभिन्न पुरस्कार विजेता भारतीय सिनेमामेकर तथा पूर्वएफटीआईआई (सिनेमा एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इण्डिया, पुणे) का एसोसिएट प्रोफेसर बर्वेले आफूले नेपालमा केही अनुभवी तथा केही नयाँ चलचित्रमेकरहरूसँग तीन दिन बिताउन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

प्रशिक्षार्थीको रूपमा सहभागी निर्देशक ज्ञानेन्द्र देउजाले कार्यशालामा भाग लिन निकै उत्साह जागेर तीन दिनसम्म लगातार बसेको सुनाउनुभयो । बोर्ड अध्यक्ष भुवन केसीले सफल सिनेमा निर्माणमा संलग्न हुन पटकथा लेखन तथा निर्देशनमा गहिरो ज्ञान हुनु आवश्यक रहेकाले सोही उद्देश्यसहित कार्यशालाको आयोजना गरिएको जिकिरि गर्नुभयो ।

विकास बोर्ड राष्ट्रिय सिनेमा उद्योगलाई सहयोग र प्रवद्र्धन गर्न सदैव प्रतिबद्ध रहेको अध्यक्ष केसीको भनाइ थियो । पामे सिनेमा महोत्सवले कार्यशाला व्यवस्थापन गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?