प्रधानमन्त्री कप त्रिदेशीय फुटबलमा लाओसमाथि नेपालको जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपालले लावसमाथि जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपालले लाओसलाई २-० गोल अन्तरले हराएको हो । नेपालका लागि अनन्त तामाङ र नवयुग श्रेष्ठले एकरएक गोल गरे ।

खेलको पहिलो हाफमा नवीन लामाको कर्नरमा हेडमार्फत अनन्तले खेलको ३०औं मिनेटमा गोल गरेका हुन् भने खेलको ५६औं मिनेटमा नवयुगले गोल गरे ।

आजको जितसँगै नेपालको फाइनल पुग्ने सम्भावना बलियो भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?