बर्दघाटको खजुरामा पक्की पुल शिलान्यास

Read Time = 1 min

नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) जिल्लाको बर्दघाट नगरपालिकाअन्तर्गत वडा ५ र १६ जोड्ने खजुरा खोलामा पक्की पुल निर्माणका लागि शिलान्यास गरिएको छ । पुलको आइतबार सांसद विनोद चौधरीले शिलान्यास गर्नुभएको हो ।

कुल नौ करोड ७७ लाखको लागतमा ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ संघीय सरकारअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयको लगानीमा निर्माण हुन लागेको हो ।

पुल शिलान्यास गर्दै सांसद चौधरीले ठेकेदार कम्पनीले तोकिएकै समयभित्र काम सम्पन्न गर्न आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पुल निर्माणपछि त्रिवेणीधाम पुग्न सबैभन्दा नजिकको बाटो हुनेछ । ७५ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माणपछि ( बर्दघाट-सुस्ता) पश्चिम जिल्लाको ग्रामीण क्षेत्रको यातायातको पहुँच विस्तारमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?