सांस्कृतिक संस्थानमा ‘बुद्ध थिएटर फेष्टिभल’

Read Time = 4 mins

काठमाडौं । गौतम बुद्धको जीवनी र दर्शनलाई रंगमञ्चमार्फत प्रस्तुत गर्न र बुद्धका सन्देश विश्वभर फैल्याउन उद्देश्यले काठमाडौंमा ‘बुद्ध थिएटर फेष्टिभल-२०२३’ सुरु भएको छ । ६२औं विश्व रंगमञ्च दिवसको अबसर पारेर सांस्कृतिक संस्थान सोमबारबाट फेष्टिभल सुरु गरिएको हो । फेष्टिभल पर्यटन उद्योग तथा सहकारी मन्त्रालय बागमती प्रदेश, सांस्कृतिक फेष्टिभल संस्थान र डबली थिएटरले संयुक्त आयोजना रहेको छ ।

काठमाडौंको बौद्धस्थित सेचिन गुम्बाका १० जना लामाले मन्त्रोचारण गर्दै सुरु भएको महोत्सवको पहिलो दिन सांस्कृतिक संस्थानको प्रस्तुति नाटक ‘चण्डालिका’ मञ्चन भएको छ । माया थापाको परिकल्पना तथा निर्देशन रहेको यो नाटक एक अछूत युवतीले भिक्षुलाई पानी खुवाएपछि आफन्तले दिएको श्रापको कथामा आधारित छ । तर पछि भिक्षुको आशीर्वादले श्रापबाट मुक्तभई उनीहरूको जीवनमा सुख र शान्ति आएको कथा नाटकमा समेटिएको छ ।

नाटकमा शुशीला थापा, तीर्थराज पोखरेल, रेखा कटवाल, सुरेश थापा, श्रीकृष्ण शाही, नरहरि पराजुली, राम पुरी, सुरभि मगर, अनिशा न्यौपाने, वीना विश्वकर्मा, सलिना क्षत्रीले अभिनय गर्नुभएको थियो । दुर्गाप्रसाद खतिवडाको संगीत संयोजन र तीर्थ राज पोखरेलको गीत रहेको नाटकको वाद्यवादन समूहमा दुर्गाप्रसाद खतिवडा, नरेश प्रजापति र रोहित सुवेदी र गायनमा दीपेन्द्र बज्राचार्य र शिला विष्ट अली रहनुभएको थियो ।

कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले तेस्रो संस्करणसम्म आइपुग्दा परिपक्वता आएकाले आगामी संस्करणदेखि यस महोत्सवलाई अन्तर्राष्ट्रिय रूपमा आयोजना गरिने जानकारी गराउनुभयो । कार्यक्रममा ५० हजार रुपैयाँसहितको यो वर्षको डबली अवार्ड रंंगकर्मी अनुप बराललाई प्रदान गरिएको थियो । प्रा.डा.अभि सुवेदीलगायतले हस्तान्तरण गरेको अवार्ड बराल पत्नी अभिनेत्री दिया मास्केले ग्रहण गर्नुभएको थियो ।

चैत १७ गतेसम्म चल्ने महोत्सबको दोस्रो दिन मंगलबार प्रशान्त बगाले निर्देशित ‘थ्रीलाफिङ मंक्स’ मञ्चन भयो । यस्तै आज (बुधबार) निकिता गुरुङ निर्देशित ‘प्रतिबिम्ब’ र गीता थापा निर्देशित ‘पताक्षर’ मञ्चन हुँदै छ भने बिहीबार वर्षा भण्डारी निर्देशित ‘पश्चाताप’ र सस्मिल मगर निर्देशित ‘अम्रपाली’ मञ्चन हुँदैछ । महोत्सवको समापनमा शुक्रबार वीरेन्द्र हमाल निर्देशित ‘चक्षु’ मञ्चन गरिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?