खानेपानीमन्त्री अब्दुल खानद्वारा पदबाट राजीनामा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । खानेपानीमन्त्री अब्दुल खानले राजीनामा दिनुभएको छ । सरकारमा मन्त्रालयको भागबन्डामा चित्त नबुझेपछि मन्त्री खानले राजीनामा दिनुभएको हो । जनमत पार्टीबाट खानेपानी मन्त्री रहनु भएका खानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामु राजीनामा बुझाउनु भएको छ ।

जनमत पार्टीले सुरुदेखि नै उद्योग मन्त्रालय मागिरहेको थियो । तर, अहिले पनि खानेपानी मन्त्रालय नै दिने भएपछि खानले राजीनामा दिनुभएको हो ।

साथै जनमतले एउटा मात्र मन्त्रालय पाउने हो भने उद्योग मन्त्रालय पाउनु पर्ने माग राखेको थियो । सत्तारुढ भागबन्डामा उद्योग मन्त्रालय नेपली कांग्रेसको भागमा परेको छ ।

यो पनि पढ्नुहोस्  अन्य मन्त्रीले मेरोजति काम गरे देश बन्न समय लाग्दैनः मन्त्री खान

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?