सेयर बजार घट्यो

Read Time = 2 mins

काठमाडौं । सेयर बजार गत पुस १३ यताकै न्यून बिन्दुमा झरेको छ । मंगलबार नेप्से ३.८१ अंकले घटेर २०१९.७३ अंकमा झरेको हो । दुई सय ६२ कम्पनीका ३९ लाख ४६ हजार २४ कित्ता सेयर एक अर्ब ३८ करोड ७८ लाख ६५ हजार पाँच सय १५ रुपैयाँमा कारोबार भएको छ । सोमबार एक अर्ब ८९ करोड ३७ लाख ३६ हजार तीन सय ६५ रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

कारोबारमा आएका १३ सूचकमध्ये चारवटा सामान्य बढेका छन् भने नौवटा घटेका छन् । युनिभर्सल पावर कम्पनीको सर्वाधिक सात करोड ५५ लाख ११ हजार रुपैयाँको कारोबार भएको छ भने शिवम् सिमेन्ट छ करोड ५० लाख ६९ हजार, सानिमा माई हाइड्रोपावर छ करोड ४६ लाख, निफ्रा तीन करोड ४६ लाख र हिमालयन डिष्टिलरीको तीन करोड ४४ लाख ६० हजार रुपैयाँको कारोबार भएको छ ।

आँधीखोला लघुवित्त, आदर्श लघुवित्त र खप्तड लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सिद्धार्थ इन्स्योरेन्सको ६.४१ र सपोर्ट लघुवित्तको सेयर ५.७६ प्रतिशतले बढेको छ । प्रिमियर इन्स्योरेन्स सेयर ३.८५, राप्ती हाइड्रोपावर एण्ड जनरल कन्ट्रक्सन ३.८४, सामलिङ पावर ३.७९, तारागाउँ रिजेन्सी होटल ३.७८ र स्वाभिमान लघुवित्तको सेयरमूल्य ३.२९ प्रतिशतले घटेको छ । मंगलबारको बजारपछि सेयर बजारमा रहेको सम्पत्ति मापक कुल बजार पुँजीकरण पाँच अर्ब १८ करोड ९० लाखले घटेर २९ खर्ब १७ अर्ब ३८ करोड ६ लाख रुपैयाँमा झरेको छ । सोमबार २९ खर्ब २२ अर्ब ५६ करोड ९६ लाख रुपैयाँ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?