सुरेशकुमार भट्ट
फागुन १० गते बुधबारको अंकबाट क्रमशः
६-संस्कृत खण्ड-
यस खण्डमा मुर्धन्य साहित्यकार एवं दार्शनिक तथा शाश्त्रीय लेखक ग्रन्थनायक राजेश्वर देवकोटाका चारवटा ‘जयतु संस्क्रितम्’ कालका समसामयिक लेखहरूलाई संग्रह गरी सम्पादन गरिएकोले यो खण्ड पनि संस्क्रितका विविध संग्रह खण्डभन्दा अत्युक्ति नहोला । जुन इतिहासको पानामा सीमित थियो सो यस ग्रन्थमा उजागर गरिएकाले संस्क्रित जान्ने वा जान्दै नजान्नेका लागि समेत उद्धारण गर्न सहायक सिद्ध हुने कुरामा कुनै सन्देह छैन । संग्रह र खोजका लागि संग्रहकर्ता र सम्पादक समूहलाई विशेष धन्यवाद भन्नै पर्दछ ।
७- यो अंग्रेजी खण्ड अर्थात ‘इंग्लिस सेक्सन’-
यस खण्डमा ग्रन्थका नायकका चार र पूर्वराजदूत डा.जयराज आचार्यको लेख यस खण्डमा संग्रहित छन् यस खण्डको रोचक र महत्वपूर्ण पक्ष पनाति पनातिनी क्यारी र नील देवकोटाको ‘हाम्रा जिजु हजुर बाबा’ भनेर आदर्श पुरुष जिजु बुबाको दर्शन, राजनीति, विचार, लेखन आदि पक्षको प्रभाव परेकोबाट के देखिन्छ भने हाम्रो लोकबोली लोकवेदका आधारमा भन्नै मनलाग्यो-
मूल गुणको पानी
कूल गुणकी नानी ।
मूल गुणको धारो
कूल गुणको छोरो ।
मुहान सफा भए
चुहान सफा हुन्छ ।
सार्थक भएजस्तो लाग्दछ किनकि विज्ञानले २१ पुस्तासम्म पनि जीन जनाउँछ भनेको सत्य हो जस्तो लाग्दछ । त्यस्तै पनाति र पनातिनीमा देखिएकोले बधाई छ । नानीबाबुहरूलाई कुलको प्रतिष्ठा, बाबु नानीहरूको निष्ठा कायम रहिरहोस् शुभकामना ।
८- परिशिष्ठ खण्ड-
यस खण्डमा विविध संगालो र ग्रन्थ नायकको डा.नवराज कट्टेलद्वारा संग्रहित तीनधारा संस्क्रित छात्रावासको सत वार्षिकीमा आयोजित कवि सम्मेलनमा वाचित संस्कृत कविता ‘मधु महिमा’ कविता प्राक्कथनम् सहित र ग्रन्थ नायकको अन्त्यष्टि र कमल ढकालको ‘इतिहासको लागि यो पुस्तक’ लेख छन् । ग्रन्थको अन्तमा पारिवारिक चित्रहरू समावेश गरेर प्रकाशक तथा सम्पादक समूहले यस स्मृतिग्रन्थको ओज बढाएकोमा तारिफ गर्नै पर्दछ । यस ग्रन्थको भित्र पाठक नै पसेपछि के खुल्छ ग्रन्थ बोल्नेछ ।
बहुआयामिक व्यक्तित्वका धनी राजेश्वर बारे जसले जति खोतल्दै जान्छ उसले त्यति अरू भेटाउँदै जान्छ । यो सत्य हो बहुप्रतिभाका धनी राजेश्वर शारीरिक हिसाबले जति साना थिए विविध व्यक्तित्व र प्रतिभाले उत्तिकै विशाल सागर र भण्डार पनि थिए ।
अब ग्रन्थबाहिर पनि छ भनेरमाथि नै ग्रन्थ नायकका सुपुत्र हरि सांस्क्रितिक केन्द्रका प्रमुख संरक्षक ई.ईश्वरचन्द्र देवकोटाले भनिसक्नु भएकोले ग्रन्थ नायककै सिर्जना केही छदैछन् बाहिर प्रकाशनको पर्खाइमा । त्यसैले बहुआयामिक व्यक्तित्वका धनी राजेश्वर बारे जसले जति खोतल्दै जान्छ उसले त्यति अरू भेटाउँदै जान्छ । यो सत्य हो बहुप्रतिभाका धनी राजेश्वर शारीरिक हिसाबले जति साना थिए विविध व्यक्तित्व र प्रतिभाले उत्तिकै विशाल सागर र भण्डार पनि थिए । उनलाई बुद्धिको घैंटो, होचा कदका अग्ला मान्छे भन्ने गरिन्थ्यो । प्रधानमन्त्री मनमोहन अधिकारीको संसद भंगको सिफारिश सर्वोच्चबाट बदर हुँदा ब्यंग्य गरेर गोरु ब्यायो भन्नुभयो । उहाँ उदारवादी पञ्च हुनुहुन्थ्यो तर शासकमा कट्टर शासकको पक्षपाती । त्यसैले त उहाँ कम्युनिष्ट समर्थक हुनुहुन्थ्यो । जो कोही होस् आफैंलाई ढुंगा हान्ने भए पनि आएपछि गरेर हुने सहयोग सबैलाई गरेकै सुनिन्थ्यो ।
किनभने राजनीतिमा डटेर ऊभिने सामाथ्र्य उहाँमा थियो । पंक्तिकारलाई स्पष्ट सम्झना छ २०२९ सालमा पुलिस हिरासतमा राखिएका होमनाथ ढकाललाई रक्सीले मातेर आएको सन्काहा एवं हिंस्रक लालबहादुर इन्स्पेक्टरले सई केरेलाल सर्दारले छेक्दा छेक्दै पनि शनिबार बिदाको दिनमा राति पिटीपिटी मार्यो । भोलिपल्ट बिहानैदेखि गोरखा बजार नाराजुलुससहित विद्रोहमा उत्रियो लाले रातमै भागेर गयो । माघ १ गते अर्थात् अघिल्लो दिन बिहानै प्रदर्शनकारीसँग राजेश्वरको केही छलफल हुँदा राजेश्वरका विरोधी पञ्चहरूले यो घटनालाई नै तोडमोड गरिदिएर मासको आक्रोश राजेश्वरतिर सोझ्याए छन् ।
आवेशको भीडले तल्लो दरबारको पटांगिनी छेउमा आक्रमण गरेकाले करबिरको रूखनेर भत्किएको पर्खालबाट उहाँ केही सम्यमित मानिसका सहायताले भाग्न सफल हुनु भएछ तर पनि सुरक्षित ठाउँमा बसेर हिंसा नभड्कियोस् भनी उहाँले घटनाको छानविन र दोषी लालेलाई कारबाहीका निम्ति अञ्चलाधीशसकोमा पहल गरिरहनु भएको कुरा यो पंक्तिकारले त्यतिखेरै सुनेको हो । प्रदर्शनको दोस्रो दिन अर्थात् भोलिपल्ट पोखराबाट डिएसपी पुलामी आइपुगे, त्यही दिन अञ्चलाधीश शंकरराज पाठक आइपुगेर मासबाट वार्ता, प्रकृति मुचुल्का र पोष्टमार्टमलगायत सबै कामका लागि प्रतिनिधि मागे । मासका तर्फबाट नारायणकुमार श्रेष्ठले पंक्तिकारलाई प्रतिनिधि प्रस्ताव गरे, मासले समर्थन गर्यो मैले पनि स्वीकार गर्दै शर्त राखेँ मलाई एकजना अदालती ज्ञान भएको मान्छे पाऊँ अनि अर्को एकजना सशक्त युवा भनेपछि चन्द्रप्रसाद श्रेष्ठ (ठूलो आगन) बिचारी दिइयो जसलाई अदालतको ज्ञान थियो । त्यसपछि मासले आफैं रोज भनेपछि मैले प्रेमराज पन्त गप्टार प्रस्ताव गरेपछि मासले तालीले समर्थन दियो । यसरी मेरो नेत्रृत्वमा तीनजनाको प्रतिनिधि मण्डल गोस्वारामा मुकाममा रहेका अञ्चलाधीशकोमा गयौं र छलफल सुरु भयो । हामीले सम्पूर्ण जिम्मेवारी पूरा गर्यौं ।
राजेश्वर आन्तरिक र बाहृय सबैतिरबाट आँखी र आक्रमित भएको व्यक्तित्व हो भन्नेमा यो एउटा प्रतिनिधि घटना हो तर यस्ता कैयौं घटना छन् भन्न मात्र खोजिएको हो । त्यतिखेर पनि शंकरराज पाठकले राजेश्वर लगायत नेताहरूले माथि समेत कुरा पु¥याइसक्नु भएको छ दोषीलाई कार्वाही हुन्छ भनेर छलफलका क्रममा भनेका थिए । सिडिओको सरुवाको क्रमले गर्दा तत्कालै सिडिओ रामचन्द्र शर्मा पौडेल पनि आइपुग्नु भयो । कुनै पनि विषय सन्दर्भमा गोरखामा चाहे सकारात्मक वा नकारात्मक जुन रूपमा होस् राजेश्वरको नाम जोडिहाल्ने चलन थियो । किनकि राजेश्वर नेता मात्र थिएनन् समग्र पक्षको शिखर पुरुष थिए ।
त्यसैले नाम जोडिनुमा अनौठो मान्नुपर्ने कुनै कुरै देखिँदैन । केही वर्षअगाडि तिनै सचिव रामचन्द्रले पंक्तिकारसँगको भेटमा समेत राजेश्वरको व्यक्तित्व र गोरखा बारे मुक्त कण्ठले प्रशंसा गर्नु भएको थियो किनकि यी दुवै व्यक्तित्व शास्त्रीय साहित्यका साधक पनि हुन् । विकास निर्माणका दृष्टिले राजेश्वर पदमा रहँदा र नरहँदा खासै फरक थिएन । गोरखामा मोटरबाटो बारे आबु-खैरेनीदेखि निबेल बेंशीसम्मको सम्भाव्यता अध्ययन भएपछि रेडियो नेपालले ‘आबु खैरेनीदेखि निर्मल बेंशी (निबेल बेंसी हुनुपर्ने) सम्म मोटरबाटोको सर्भे सम्पन्न भएको छ’ भन्यो ।
जनतादेखि राजासम्म, सिर्जनाका विधामा टनाटन, शास्त्राज्ञदेखि राजनीतिज्ञसम्म गोरखामात्र नभई नेपालभरि चिरपरिचित राष्ट्र र राष्ट्रियताका अविचलित हिमायती, भौतिक रूपमा साना तर चर्का, खरा गोरखाली विज्ञ हुन् राजेश्वर । यति हुँदाहुँदै पनि उनले आफूलाई असफल राजनीतिज्ञ भनेका छन् ।
सदरमुकामकालाई यो समाचारले पोलेछ र जितबहादुर नेपालीमार्फत निबेल बेंशी होइन गोरखा बजार जोड्नुपर्छ सरकार भनियो । आखिर जनताका लागि नभई व्यापारी र सरकारी कामकाजका लागि बाटो बदलियो । राजेश्वरले जनताका लागि गरिएको प्रयत्न तुहाए उहाँ भन्नु हुन्थ्यो-सदरमुकाम त प्रशासनिक हिसाबले सरकारको योजनाभित्रै थियो नि जनताले पाउने सुविधामा भाँजो किन हाल्नु पथ्र्यो भनेर पटक-पटक भन्नुभयो । जनतादेखि राजासम्म, सिर्जनाका विधामा टनाटन, शास्त्राज्ञदेखि राजनीतिज्ञसम्म गोरखामात्र नभई नेपालभरि चिरपरिचित राष्ट्र र राष्ट्रियताका अविचलित हिमायती, भौतिक रूपमा साना तर चर्का, खरा गोरखाली विज्ञ हुन् राजेश्वर । यति हुँदाहुँदै उनले आफूलाई आत्मालोचना गरी भनेका छन् ‘म असफल राजनीतिज्ञ’ तर कसरी ? के मुलुकको प्रधानमन्त्री बन्न नसकेका नपाएका जति सबै असफल राजनीतिज्ञ हुन त ?
यदि उनलाई प्रधानमन्त्री हुनबाट रोकिएकैले यसो भनेका हुन् भने यो कुरामा उनी अबुझ बनेकै हुन् भन्नुपर्छ किनभने सिंहदरबारको भित्तामा फोटो राख्नमात्र प्रधानमन्त्री बन्नुभन्दा राजेश्वर धेरैमाथि छन् त्यो इतिहास बनिसकेको छ । होइन उनीजस्ता खरा र प्रष्ट वक्ताका आत्मा आलोचित बोली हो भने उनी झन् समकालीन आत्मप्रशंसक नेताहरूभन्दा यो मानेमा दस गुना माथि छन् भनेर मान्नुपर्छ । त्यो हिम्मत गर्ने अरू नेता छैनन् । तसर्थ यसरी आफैंमा आफू प्रधानमन्त्री हुन असफल हुनुका कारण खोज्ने, बताउने नेता वर्तमानका नेतामा पनि छैनन् भनेर ठोकेरै भन्न सकिन्छ ।
अर्कोतर्फ राजा र राजसंस्थाका मामिलामा राजेश्वरलाई नियालेर हेर्दा बुझ्दा यी भनाइतर्फबाट हेर्दा के भन्ने ? ‘देशको राजा हो तर राजाको देश होइन । राजालाई पनि देशको भूमि विदेशीलाई दान दिने अधिकार हुँदैन ।’ यो भनाइले र २००७ सालको जनक्रान्तिपछि पनि प्रधानमन्त्रीमा राणाकै उपस्थिति अनि नेपालको क्याबिनेटमा भारतको उपस्थिति जुन कुरामा बीपीको विरोध थियो त्यही कुरामा राजेश्वरको पनि विरोध हुँदै जाँदा विचारको विरोध बिन्दुको निशानी दुवै नेताको एउटै हुनपुगेको थियो जसले राष्ट्रियताको मामिलामा एउटै अडान देखिन्छ जसलाई संयोग भनौं कि अन्तर भावनाको मिलनको कागताली जे होस् दुवैको राष्ट्रिय चिन्ता नै हो ।
राजा महेन्द्रले भारतलाई २२ वटा सुरक्षा नाका दिँदा र हटाउँदा पनि २२ वटै हटाउँन पनि राजेश्वर जस्ता कट्टर र निर्भिक राष्ट्रवादीको मत त्यतिखेर जाहेर हुन सक्थ्यो कि भन्ने लाग्छ जब लिपुलेकको चर्चा आयो त्यसमा ग्रन्थनायकको यो कडा भनाइ आएकोबाट । त्यतिखेर राजाको सक्रियता बढाउन छिमेकी रिझाउनुपर्ने बाध्यता महेन्द्र राजालाई पनि थियो । भारतले टेक्न पाएपछि नछोडी बसि नै रहृयो । नेपालको आन्तरिक मामिलामा खेल्न र सुरक्षार्थ मागेको जमिन पेल्न सजिलो भयो अहिलेसम्म पेलि नै रहेको छ । क्रमश :
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच