यू-२० एसियन कपका लागि नेपाली टोली घोषणा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू-२० एसियन कप २०२४ छनोटका लागि अन्तिम टोली घोषणा गरेको छ । प्यालेस्टाइनमा हुने छनोट खेलका लागि मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले बन्द प्रशिक्षणमा रहेका २५ जनाबाट २३ सदस्यीय अन्तिम टोली घोषणा गर्नुभएको हो । पूजा थापा र सजनी थोकरले बाहेक अन्य खेलाडी टोलीमा अटाउन सफल भएका छन् । हिमा रावत, जेनिफर राणा र सदिपा भोलनले टोलीमा पहिलोपटक स्थान बनाउन सफल हुनुभयो ।

अन्तिम टोलीको गोलकिपरमा कविता विक, सावित्री किसान र लिला जोशी, डिफेन्डरमा सविना चौधरी, हिमा रावत, सरु हमाल, सुनिता भुलन, दिव्या यस्माली मगर, प्रतीक्षा चौधरी र कुमारी तामाङ रहनुभएको छ ।
यस्तै, मिडफिल्डरमा तुलसा बोहरा, जेनिफर राणा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माचामासी, सरस्वती हमाल र दीपा शाही तथा फरवार्डमा गरिमा राई, अमिषा कार्की, ममता पुन र सदिपा भोलन रहनुभएको छ । नेपाल छनोटको समूह ‘बी’ मा आयोजक प्यालेस्टाइन, नर्दन मारियाना आइल्याण्ड र युएई परेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?