अमेरिकी डलर घट्दा युरोको भाउ बढ्यो

Read Time = 4 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ ।

आज अमेरिकी डलर १३ पैसाले घटेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ८७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४७ पैसा तोकिएको छ। बिहिबार भने अमेरिकी डलरको खरिदमूल्य १३१ रुपैयाँ र बिक्रीमूल्य १३१ रुपैयाँ ६० पैसा थियो ।

उता शुक्रबार युरोपियन युरोको भाउ भने २३ पैसाले वृद्धि भएको छ । आज युरोपियन युरोको खरिददर १३८ रुपैयाँ २९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९२ पैसा कायम गरिएको छ । बिहीबार युरोको खरिदमूल्य १३८ रुपैयाँ ६ पैसा र बिक्रीमूल्य १३८ रुपैयाँ ६९ पैसा तोकिएको थियो ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५५ रुपैयाँ ५० पैसा र बिक्रीदर १५६ रुपैयाँ २१ पैसा तोकिएको छ। अघिल्लो दिनको तुलनामा आज ४६ पैसाले उकालो लागेको छ । बिहीबार यसको खरिदमूल्य १५५ रुपैयाँ ४ पैसा र बिक्रीमूल्य १५५ रुपैयाँ ७५ पैसामा किनबेच भइरहेको थियो ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ५६ पैसा र बिक्रीमा ८६ रुपैयाँ ९५ पैसा कायम गरिएको छ। अघिल्लो दिनको तुलनामा ८ पैसाले यसको मूल्य बढेको हो । बिहिबार अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ४७ पैसा र बिक्रीमा ८६ रुपैयाँ ८७ पैसामा कारोबार भएको थियो ।

क्यानेडियन डलर एकको खरिदमा भने ९४ रुपैयाँ ९० पैसा र बिक्रीमा ९५ रुपैयाँ ३३ पैसामा कारोबार भइरहेको छ। बिहीबार भने क्यानेडियन डलरको खरिदमूल्य ९५ रुपैयाँ २२ पैसा र बिक्रीमूल्य ९५ रुपैयाँ ६५ पैसामा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३६ रुपैयाँ २ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८० पैसामा कारोबार भइरहेको छ।

मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रुपैयाँ ९५ पैसा र बिक्रीमा २९ रुपैयाँ ८ पैसा कायम गरिएको छ भने शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२५ रुपैयाँ ७७ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ७३ पैसा तोकिएको छ।

आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ७१ पैसामा किनबेच हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?