खुमलटार युथ क्लबलाई हराउँदै थ्री स्टारको पहिलो जित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । खुमलटार युथ क्लबलाई हराउँदै ललितपुरे टोली थ्री स्टार क्लबले राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा थ्री स्टारले खुमलटार युथ क्लबलाई दुई-शून्य गोल अन्तरले पराजित गर्दै जारी लिगमा पहिलो जित निकालेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा थ्री स्टारले दोस्रो हाफमा मात्र गोल निकाल्न सफल भएको थियो । थ्री स्टारको जित अजयी मार्टिन्सले नै दुई गोल गर्नुभएको थियो ।

पहिलो हाफमा पनि थ्री स्टारले खुमलटारमाथि दबाब दिएर खेलेपनि स्कोर गर्न भने असफल भएको थियो । दोस्रो हाफमा थप आक्रामक देखिएको थ्री स्टारका लागि ५४औं मिनेटमा मार्टिन्सले गोल गर्दै थ्री स्टारलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । त्यसपछि खेलको ८३औं मिनेटमा मार्टिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै थ्री स्टारलाई दुई–शून्यको जित निश्चित गर्नुभएको थियो । यससँगै थ्री स्टारले तेस्रो खेलमा पहिलो स्पष्ट जित निकाल्न सफल भएको हो । जितसँगै थ्री स्टार तीन खेलमा चार अंक जोडेको छ । यसै सिजन बढुवा भएको खुमलटारले भने दोस्रो हार भोगेको छ । खुमलटारले तीन खेलमा तीन अंक जोडेको छ ।

लिगमा शनिबार तीन खेल हुनेछन् । दिनको पहिलो खेल च्यासल मैदानमा विभागीय टोली नेपाल पुलिस क्लब र संकटा क्लब, दोस्रो खेल दशरथ रंगशालामा एपीएफ क्लब र जावलाखेल युथ क्लब तथा अन्तिम खेल साँझ दशरथ रंगशालामा नै फ्रेन्ड्स र सातदोबाटो युथ क्लबबीच हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?