रोकिएको श्री एयरलाइन्सको नियमित उडान आजदेखि

फाईल तस्बिर

Read Time = 1 min

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजमाथि लगाएको उडानअवतरणको प्रतिबन्ध फुकुवा गरेपछि आजबाट नियमित उडान हुने भएको छ ।

भैरहवाको उडानमा जहाजको दायाँ इन्जिनमा आगो लागेको संकेत देखापरेको घटनापछि प्राधिकरणले शुक्रबारदेखि श्री एयरका सबै उडान अवतरणमा प्रतिबन्ध लगाएको थियो ।

श्री एयरलाइन्सले प्राधिकरणका विज्ञ टोलीद्वारा आफ्ना सबै जहाज जाँच तथा अध्ययन गरी पुनस् सेवा सञ्चालन गर्न अनुमति शुक्रबार नै दिएको हो ।

श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शुक्रबार नै विज्ञप्ति जारी गर्दै आफूहरूमाथि लागेको प्रतिबन्ध फुकुवा भएको जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?