अभिनेता चाइप टोपोलको निधन

Read Time = 1 min

एजेन्सी । इजरायली चर्चित अभिनेता चाइप टोपोलको निधन भएको छ । टोपोलको ८७ वर्षको उमेरमा निधन भएको हो । टोपोलको निधनमा इजरायली राष्ट्रपति आइज्याक हर्जोगले एक विज्ञप्तिमार्फत शोक व्यक्त गर्नुभएको थियो । टोपोललाई प्रतिभाशाली व्यक्तिको रूपमा वर्णन गर्दै उहाँले इजरायलमा मात्र नभएर टोपोल अन्य देशहरूमा पनि प्रसिद्ध भएको बताउनुभएको छ ।

टोपोल ‘फिडलर अन द रूफ’ मा मिल्कम्यानको भूमिकाका लागि परिचित हुनुहुन्थ्यो । यससँगै उहाँले धेरै चलचित्रमा पनि काम गर्नुभएको छ । सन् १९७१ मा टोपोलले एक यहुदी बुबाको भूमिका निभाउनुभएको थियो । जसका लागि उहाँलाई सर्वश्रेष्ठ अभिनेताका लागि गोल्डेन ग्लोब पुरस्कार प्रदान गरिएको थियो । टोपोलले उत्कृष्ट अभिनेताको ओस्कार पनि जित्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?