अमेरिकी डलर स्थिर हुदाँ युरोको भाउ बढ्यो

Read Time = 3 mins

काठमाडौ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

आज अमेरिकी डलरको कारोबार स्थिर रहेको छ। राष्ट्र बैंककाअनुसार आजको विनिमयदरमा एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा तोकिएको छ।

यसअघि आइतबार पनि यसको कारोबार सोही मूल्यमा भएको थियो ।

सोमबारका लागि एक युरोको खरिददर १३९ रुपैयाँ ४० पैसा र बिक्रीदर १४० रुपैयाँ ४ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ७५ पैसाले वृद्धि भएको छ । यसअघि आइतबार युरोको खरिददर १३८ रुपैयाँ ६५ पैसा  र बिक्रीदर १३९ रुपैयाँ २९ पैसामा कारोबार भएको थियो ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर सोमबार १५७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५८ रुपैयाँ २८ पैसा तोकिएको छ । आइतबार उक्त पाउण्डको खरिदमूल्य १५६ रुपैयाँ ९७ पैसा र बिक्रीमूल्य १५७ रुपैयाँ ६९ पैसा कायम गरिएको थियो ।

अष्ट्रेलियन डलर एकको खरिदमा ८६  रुपैयाँ १५ पैसा र बिक्रीमा ८६ रुपैयाँ ५५ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९४ रुपैयाँ ७१ पैसा र बिक्रीमा ९५ रुपैयाँ १४ पैसा कारोबार हुनेछ ।

यस्तै, सोमबार कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७५ पैसा र बिक्रीमा ३५ रुपैयाँमा ९२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८२ पैसा, मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ ९८ पैसा र बिक्रीमा २९ रुपैयाँ ११ पैसामा कारोबार हुनेछ ।

सोमबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ८९  पैसा र बिक्रीमा ४२८ रुपैयाँ ८५ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ९८ पैसामा किनबेच हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?