यो वर्ष सप्तरीमा बढी आँप उत्पादन हुने अनुमान

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 4 mins

राजविराज । सप्तरीमा यस वर्ष हाल मौसममा देखिएको अनुकूलता तथा बढी मात्रामा आँपको रुखमा मञ्जरी लागेकाले यस वर्ष सप्तरीमा बढी आँप उत्पादन हुने अनुमान कृषि ज्ञान केन्द्रले गरेको छ ।

आँपको उत्पादन बढ्ने भन्दै किसान उत्साहित भएका छन् । आँपको बोट तथा पात नदेखिने गरी फूल फुलेपछि किसान उत्पादन बढ्नेमा आशावादी देखिएका हुन् । एकाध आँप भएका बारी होस् वा आँपको बगैँचा नै किन नहोस् यतिबेला सबैतिर आँपका रुखहरूमा फूलहरू फुलेका छन् ।

कृषि ज्ञान केन्द्र सप्तरीको तथ्यांक अनुसार सप्तरीमा यसवर्ष ७ हजार ८ सय ९२ हेक्टर जग्गामा किसानले आँप खेती गरेका छन् । ती जग्गामा ४१ हजार ४ सय ३३ मेट्रिक टन आँप उत्पादन हुने कार्यालयको अनुमान छ ।

सप्तरीमा उत्पादित आँप स्थानीय बजारमा साथै काठमाडौं नारायणघाट, पोखरा , विराटनगर धरान लगायत लगायत अन्य ठाउ मा लग्ने गरिनछ । ‘यस वर्ष आँप फल्ने वर्ष भएको र फूल ( मरजर ) राम्रो लागेकाले उत्पादन तेब्बर हुने सम्भावना छ’ कृषि ज्ञान केन्द्र सप्तरीको अनुसार , ‘मौसम अनुकूल भएको हावाहुरी र असिनाको असर नगरे अपेक्षा अनुसारको आँप उत्पादन हुने अनुमान छ ।

“आँप एक वर्ष बढी र अर्को वर्ष कम उत्पादन हुन्छ,” कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्रप्रसाद यादवले भन्नुभयो, “यस वर्ष सबै तिरबाट आँपको उत्पादन राम्रो हुने अनुमान गरिएको छ ।”

आकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने र सुख्खा जमिनमा अन्य बाली नफस्टाउने भएकाले अधिकांश कृषक व्यावसायिक आँप खेतीतर्फ आकर्षित हुने गरेको कृषि प्राविधिकहरूको भनाइ छ । झन्झट कम र उत्पादन बिक्री गर्न सहज हुने भएकाले पनि कृषकहरू यसतर्फ आकर्षित भएका हुन् ।

सप्तरीमा सबैभन्दा बढी मालदह आँप लगाइएको छ । यसैगरी, कृष्णभोग, बम्बै, अम्रपाली, दार्जिलिङ केलवा, कलकतिया लगायतका अन्य जातको आँपको रूख पनि लगाइएका छन् । कृषि ज्ञान केन्द्रका अनुसार सबै जातका आँपको रूपमा फूलहरू फुलेका छन् ।

जिल्लामा अधिकांशका बगैँचामा आँप लगाएको पाइन्छ । सप्तरीको शम्भुनाथ, सीतापुर, फत्तेपुर, लोहाजारा, महुली, मोहनपुर, रुपनी, बेल्हा , रूपनगर, कञ्चनपुर, कदमहा, कल्याणपुर, जोगमोहन लगायतका क्षेत्रमा आँपको व्यावसायिक उत्पादन हुने गरेको छ ।

हेरचाह र फल बिक्रीका लागि बजारसम्म पु¥याउन झन्झट ब्यहोर्नु भन्दा बोट नै बिक्री गर्न सजिलो हुने भएकाले किसानहरूले आँप फूल्न सुरु गरे लगत्तै व्यापारीहरूलाई बगैँचा नै ठेक्कामा दिने गरेका छन् । तराईका सप्तरी, सिरहा, सुनसरी, धनुषा, सर्लाही, महोत्तरी कपिलवस्तु, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, बाँके, बर्दिया लगायतमा आँप खेती बढी हुन्छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?