सिप्रदीको सर्भिस सेन्टर बागलुङमा

Read Time = 2 mins

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले बागलुङमा २६औँ शाखा सञ्चालनमा ल्याएको छ । बिहीबार एक कार्यक्रमबीच सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । टाटा कमर्सियल गाडीलाई सर्वसुलभ तथा उच्चस्तरीय सेवा सुविधा प्रदान गर्ने उद्देश्यले सर्भिस सेन्टर स्थापना गरिएको कम्पनीले जनाएको छ ।

सो अवसरमा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा टाटा गाडी बिक्रीका साथै कम्पनीको प्रमुख व्यावसायिक लक्ष्य विकासशील आवश्यकता पहिचान गरी उत्कृष्ट बिक्रीपछिका सेवाहरू प्रदान गर्नु रहेको बताउनुभयो । ग्राहकको चाहना र आवश्यकतालाई पहिलो प्राथमिकता दिँदै सिप्रदीले टाटा जेन्युइन पार्ट्स तथा ल्युब्रिकेन्टमा भारी छुट प्रदान गरेको उहाँको भनाइ थियो ।

टाटा जेन्युइन पार्ट्समा २२ प्रतिशतसम्म र जेन्युइन आयलमा २५ प्रतिशतसम्म छुट सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथै टाटा प्रोटेक्टअन्तर्गत चार घण्टाभित्र सर्भिसिङको ग्यारेन्टी र ४८ घण्टाभित्र मर्मत कार्यको ग्यारेन्टी प्रदान गर्ने र काम नभए प्रतिदिन एक हजार एक सय रुपैयाँका दरले क्षतिपूर्ति पनि प्रदान गर्ने बताइएको छ । त्यसैगरी एक्सिडेन्टल कार्यका लागि नगदरहित बीमा दाबीका साथमा ६० दिनभित्र गाडी मर्मतको ग्यारेन्टी रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?