पुतलीबजार राष्ट्रपति रनिङ शिल्ड सम्पन्न 

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 4 mins

स्याङ्जा । पुतलीबजार नगरपालिकाको आयोजना तथा त्रिभुवन आदर्श मा।वि को व्यवस्थापन एवम् सञ्चालनमा छैटौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता पुतलीबजार नगरपालिका-१ अवस्थित मालेबगर खेलमैदानमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ।

प्रतियोगिताको शिल्ड रोशनी आवासीय माध्यमिक विद्यालयले उचालेको छ । प्रतियोगिताका कुल २६ विधाका खेलमा रोशनीले १२ स्वर्ण, ९ रजत र १ कास्य पदकका साथ प्रथम स्थान हासिल गरेको हो ।

मंसिर २९ गतेबाट पुस १ गतेसम्म मालेबगर खेलमैदानमा संचालित प्रतियोगितामा ३ स्वर्ण, २ कास्य र २ रजत पदक हात पार्दै कोल्मा बराहचौर मा.वि.कोल्माले दोस्रो स्थान र भूपू आवासिय मा.वि. देवानचोकले २ स्वर्ण र २ रजत पदकसहित तृतीय स्थान हात पारेका छन् ।

पुतलीबजार नगरपालिका भित्रका २४ वटा विद्यालय सहभागिता रहेको प्रतियोगितामा हिमालय मा।वि टक्सारले २ स्वर्ण र २ कास्य पदक हात पार्दै चौथो र मातृभूमि मा.वि.ले १ स्वर्ण, ४ रजत र १ कास्य पदक सहित पाँचौ स्थान हात पारेको प्रतियोगिता संयोजक मुक्ति प्रसाद रेग्मीले जानकारी दिनुभयो ।

प्रतियोगितामा त्रिभुवन आदर्श नमूना माविले १ स्वर्ण, ३ रजत र १ कास्य, ज्योति आवासिय माविले १ स्वर्ण, २ कास्य र ४ रजत पदक, स्याङ्जा उच्च माविले १ स्वर्ण, १ रजत र ६ कास्य, मनकामना माविले १ स्वर्ण पदक हात पारेका छन् ।

प्रतियोगिताका विजेता खेलाडी र विद्यालयलाई पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मी र उपप्रमुख देवी अर्यालले पुरस्कृत गर्नुभएको थियो ।

समापन कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले भन्नुभयो, 'ुशिक्षा जस्तै खेलकुद पनि अति नै महत्त्वपूर्ण रहेकोले सबै क्षेत्र मिलेर यसलाई अगाडि बढाउनु आवश्यक छ ।' खेलकुदको समग्र विकासको लागि खेलकुद पूर्वाधार अति नै महत्त्वपूर्ण रहेकोले त्यसमा आफू लागिपरेको नगर प्रमुखले बताउनुभयो ।

समापन कार्यक्रममा पुतलीबजार नगरपालिका प्रमुख एवम् राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताका अध्यक्ष तुलसीराम रेग्मी, पुतलीबजार नगरपालिका उप-प्रमुख देवी अर्याल,वडा नं १का अध्यक्ष उत्तम श्रेष्ठ ,काजिमान हरिटीका माध्यमिक विद्यालयका प्रधानाध्यापक ऋषिराम शर्मालगायत सामुदायिक र संस्थागत विद्यालयका प्र.अ., शिक्षक एवम् विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

पुतलीबजार नगरपालिका भित्रका २४ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका ६९१ खेलाडीको सहभागिता रहेको थियो ।

विजेता मध्येबाट पुस ८, ९ र १० गते हुने जिल्ला स्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि गराइनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?