‘नगाइएका गीतहरू’ लोकार्पित

हिमालय टाइम्स
Read Time = 1 min

ललितपुर । गीतकार लक्ष्मणकृष्ण ताम्राकारद्वारा रचना गरिएका गीतहरूको संग्रह ‘नगाइएका गीतहरू’ लोकार्पित भएको छ । सिर्जना अभियान समाजको आयोजनामा कृतिको लकोर्पण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि विशिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले कृति सार्वजनिक गर्दै गीतमा मनका भावनाहरू व्यक्त हुने भएकाले यसले सबैलाई मोहनीमा पार्ने बताउनुभयो ।

साहित्यकार ध्रुव मधिकर्मीले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्नुभएको थियो भने गीतकार ताम्राकारले आफ्नो अनुभूति र भावनालाई अभिव्यक्ति दिएको जानकारी गराउनुभयो । कार्यक्रममा गीतकार संघका पूर्वअध्यक्ष चूडामणि देवकोटा, जुजुकाजी रञ्जित, सरोजिनी तण्डुकार, डा.सविना श्रेष्ठ ताम्राकार र प्रतिसरा सायिमलगायतले आ-आफ्ना भनाइ राख्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?