मनाइयो कथा दिवस

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ४२औं कथा दिवस मनाइएको छ । स्वर्ण महोत्सव मनारहेको साहित्यिक पत्रकार संघले विविध कार्यक्रमबीच आइतबार कथा दिवस मनाएको हो । यो अवसरमा डा.घनश्याम पुडासैनीलाई ‘मैनाली कथा सम्मान’ प्रदान गरिएको थियो ।

यस्तै, संघका आजीवन सदस्य सांसद रेखा थापालाई सांसद हुनुभएकोमा बधाई तथा शुभकामना पनि प्रदान गरिएको थियो । सम्मानित पुडासैनी र यादवलाई कार्यक्रमका प्रमुख अतिथि कथाकार हीरण्यकुमारी पाठकले सम्मान गर्नुभएको हो ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कथाकारहरू श्रीओम श्रेष्ठ ‘रोदन’, विमल भौकाजी, तुलसीहरि कोइराला, हरि थापा (अमेरिका), निर्मलरमण पराजुली, ममता मृदुल, नरेन्दबहादुर श्रेष्ठ, हिरण्यकुमारी पाठकलगायतले आ-आफ्नो लघुकथा वाचन गर्नु भएको थियो ।

कवि यादव भट्टराईले सञ्चालन गर्नुभएको कार्यक्रममा वरिष्ठ आख्यानकार पद्यावती सिंहले स्वागत र डा.दामोदर पुडासैनीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि पाठक, अध्यक्ष लेकाली, सम्मानित पुडासैनी, सांसद यादवलगायतले मन्तव्य राख्नुभएको थियो ।

अनामनगरस्थित डालो रेष्टुरेन्टमा सम्पन भएको कार्यक्रममा कार्यक्रममा साहित्यकारहरू प्राडा.गोविन्दमानसिंह कार्की, रमेश श्रेष्ठ (पोखरा), नीता श्रेष्ठलगायतको उपस्थिति थियो । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कथाकार गुरुप्रसाद मैनाली र कथा दिवसबारे चर्चा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?