बबई नदीमा सडेगलेको अवस्थामा महिलाको शव फेला

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 1 min

बर्दिया । बबई नदिमा एक महिलाको शव फेला परेको छ । मंगलवार गुलरिया नगरपालिका-४ जब्दीघाट स्थित बबई नदीमा एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी हिक्मतबहादुर बोहराले जानकारी दिनुभयो ।

उहाँकाअनुसार शव कसको हो पहिचान हुन सकिरहेको छैन । शव गलिसकेको अवस्थामा स्थानियवासीहरुले नदीमा देखेपछि प्रहरीलाई खवर गरेका थिए । अन्दाजी पाँच फिट उचाई रहेको मृतकले गुलावी रङ्गको कुर्ता सुरुवाल लगाएको बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?