पाकिस्तानको पञ्जावमा अदालतले तोकिदियो निर्वाचनको मिति

Read Time = 1 min

इस्लामावाद । पाकिस्तानको निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेशअनुसार आगामी मे १४ मा निर्वाचन गराउने घोषणा गरेको छ । बुधबार देशको सर्वोच्च अदालतले चुनाव गराउन निर्देशन दिएको थियो ।

सुरक्षा र आर्थिक संकटलाई देखाएर आयोगले यही अप्रिल १० देखि अक्टोबर ८ सम्म निर्वाचन गराउन नसकिने बताएपछि आयोगको उक्त निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो । प्रधानन्यायाधीश उमर अता बन्दियाल नेतृत्वको तीन सदस्यीय इजलासले पञ्जावको विधानसभा निर्वाचनको मिति तोकेरै फैसला गरेको हो ।

सर्वोच्च अदालतको निर्णयसँगै आयोगले पनि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । उम्मेदवारी दर्ता सम्बन्धमा मतदान अधिकृतको निर्णयविरुद्ध अपिल गर्ने अन्तिम मिति अप्रिल १० कायम गरिएको छ भने १७ अप्रिलभित्रमा उजुरीको छिनोफानो लगाएर अन्तिम उम्मेदवारको नामावली १८ अप्रिलमा सार्वजनिक गर्नुपर्नेछ । रासस÷पिटिआई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?