श्रोता/दर्शकको मन जित्दै ‘बर्दिवासको घाम’ले

Read Time = 1 min

काठमाडौं । वाङछिरिङ भोटिया र समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘बर्दिवासको घाम’ श्रोता/दर्शकमाझ आएको छ । वाङछिरिङले आफ्नो चौथो सांगीतिक केशेली बर्दिवासको घाम श्रोता/दर्शकमाझ ल्याउनुभएको हो । अर्जुन पोख्रेलको शब्द, संगीत, एरेञ्ज रहेको सार्वजनिक गीतमा प्रथम क्षेत्री, नग्मा श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र अमर विष्टको अभिनय देख्न सकिन्छ ।

गीतको भिडियोमा प्रथम, नग्मा, लक्ष्मी र अमर गज्जबसँग खुल्नुभएको छ । जहाँ बैशालु उमेरका साथीभाइसँग घुम्दै रमाइँलोमा बिताउने समय र प्रेमलाई निर्देशक क्षेत्रीले देखाउन खोज्नुभएको छ । डान्सिङशैलीको भिडियोबाट राम्रो प्रतिक्रिया आइरहेको निर्माण युनिटले जनाएको छ ।

नरेश बीबीसीको मिक्सिङ र मास्टरिङ रहेको सार्वजनिक गीतमा दिनेश पराजुलीको छायांकन र मीन रावलको सम्पादन छ । यो गीत सार्वजनिक भएपछि गायक वाङछिरिङको चर्चा चुलिँदै गएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?