बिचौलियाको भर नपर्न श्रम मन्त्रालयको आग्रह

Read Time = 3 mins

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार बोर्ड र बीमामार्फत् पाउने आर्थिक सहायता लिन बिचौलियाको भर नपर्न सचेत गराएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीमा ज्यान गुमाएका मृतक श्रमिकका परिवारले वैदेशिक बोर्ड र बीमामार्फत् पाउने रकम पछिल्लो समय बिचौलियाले ठगी गर्ने गरेको भन्दै बोर्ड र बीमामार्फत् पाउने रकम लिन कसैको पनि भर तथा दबाबमा नपर्न भनेको हो ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता डण्डुराज घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विदेशबाट शवसँग आएका कागजातसहित मृत्यु दर्ताको प्रमाणपत्र, पालिकाको सिफारिसलगायतका कागजात आवश्यक पर्छ, यी कागज आफ्नो पालिकाबाट सहजै बनाउन सकिन्छ तर पनि केही बिचौलियाहरूले अनावश्यक हस्तक्षेप गर्ने, श्रमिकका परिवारलाई विभिन्न बहानामा सहयोग गरेको जस्तो गरेर पनि रकम ठगी गर्ने प्रवृत्ति बढ्दो रहेको र श्रमिक तथा निजका आफन्तहरूले अनावश्यक झन्झट एवं दुःख बेहोर्नुपरेको र मर्का परेको भन्ने जस्ता खबरप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । त्यस्तो समस्या परेमा निःशुल्क नम्बर १६६००१५०००५११४१, विदेशबाट अथवा सःशुल्क नम्बर ९७७१५९७०००८ वा भाइबर र इमोमा कल तथा म्यासेज ९८०१८०००१३, ९८५११८०९५९ नम्बरमा गर्नसमेत सकिने मन्त्रालयले जनाएको छ । साथै त्यस्तो ठगी कार्यमा संलग्न व्यक्ति तथा समूहलाई कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको रोजगारीकै क्रममा श्रम स्वीकृति अवधि सकिएको एक वर्षभित्र कोही कसैको ज्यान गएमा बोर्डले सात लाख र म्यादी जीवन बीमाबाट १४ लाख गरी २१ लाखसम्मको रकम श्रमिक वा निजका श्रीमती वा निजका एकाघरको नाताको खातामा स्वतः स्थानान्तरण गर्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ ।

श्रम स्वीकृति सकिएको एक वर्षपछि कोही श्रमिकको रोजगारीको सिलसिलामा ज्यान गएमा बोर्डले मृतक परिवारलाई एकमुष्ट २५ हजार उपलब्ध गराउने गरेको छ । यस्तो आर्थिक सहायता लिन कोही कसैलाई भनसुन गर्नुपर्दैन । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको आरोपमा प्रहरीले छजनालाई शुक्रबार पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?