शिवशक्तिलाई उत्कृष्ट करदाता सम्मान

Read Time = 1 min

काठमाडौं । शिवशक्ति घिउ उद्योग प्रालिका कार्यकारी निर्देशक सन्दिपकुमार अग्रवाल ठूला करदाताका रूपमा सम्मानित हुनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभाका अवसरमा उहाँ निर्यात कारोबारमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाताका रूपमा सम्मानित हुनुभएको हो ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यकारी निर्देशक अग्रवाललाई उक्त सम्मान हस्तान्तरण गर्नुभएको थियो । शिवशक्ति घ्यू उद्योग प्रशोधित तेल उत्पादन र निर्यातमा संलग्न छ । अग्रवाल बुधबार हुने महासंघको निर्वाचनमा कार्यकारिणी सदस्यको उम्मेदवार पनि हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?