त्रिभुवन विमानस्थलमा कार्यरत डीआईजी चन्दले दिए राजीनामा

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख नायव महानिरीक्षक (डिआइजी) अर्जुन चन्द ठकुरी ।

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा कार्यरत डीआईजी अर्जुन चन्दले राजीनामा दिनुभएको छ ।

शुक्रवार प्रहरी नायव महानिरीक्षक चन्दले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेश गर्नुभएको हो । उहाँले आफ्नो व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको बताउनु भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरी कर्मचारी बिचको विवाद छानबिन गर्न गठित समितिले गरेको सिफारसप्रति उहाँ असन्तुष्ट रहेको विमानस्थलका अधिकृतहरु बताउँछन् ।

चन्दले १३ वैशाखमा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाउनु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?