नयाँ टिभिएस एनटर्क स्कुटर

Read Time = 2 mins

काठमाडौं । टिभिएस मोटर्सले बुधबार टिभिएस एनटर्क १२५ रेस एडिसन नयाँ मरिन ब्लु रङमा सार्वजनिक गरेको छ । जसलाई युवावर्गले मनपराएको विद्यमान रेस संस्करणको रातो र पहेँलो रङसँगै राखिने कम्पनीले जनाएको छ । नेपालस्थित आधिकारिक बिक्रेता जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भन्नुभयो, ‘नेपालमा टिभिएस एनटर्क आरटी-एफआइ १२५ रेस एडिसन मरिन ब्लुमा सार्वजनिक गर्न पाउँदा अत्यन्त खुसी छौँ । स्मार्ट स्कुटर आरटी-एफआइको समावेश एक बेस्ट-इन-क्लास अनुभव प्रदान गर्न डिजाइन गरिएको हो ।’

कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले भन्नुभयो, ‘नेपालमा सबैभन्दा लोकप्रिय स्कुटर ब्राण्ड टिभिएस एनटर्क आरटी-एफआइ-१२५ रेस एडिसनको मरिन ब्लु स्कुटर आरटी-एफआइ प्लेटफर्मले सुसज्जित छ । उत्कृष्ट प्रदर्शन, राम्रो वास्तविक थ्रोटल अनुभवले हाम्रा युवा ग्राहकलाई पक्कै खुसी पार्नेछ ।’ पास बाई स्वीच, डुअल साइड स्टेयरिङ लक, पार्किङ ब्रेक र इञ्जिनकिल स्वीचजस्ता विशेषताका साथै बाहृय इन्धन भर्ने सुविधा, युएसवी चार्जर, ठूलो २०-लिटर अण्डरसेट स्टोरेजलगायत सुविधा रहेका छन् । जसको मूल्य भने दुई लाख ९९ हजार नौ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?