५० प्रतिशत अनुदानमा गाउँपालिकाले दियो कृषि सामाग्री

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । खेतवारी बाँझो रहने समस्या बढदै गएको अवस्थामा भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाले कृषकलाई प्रोत्साहन गर्न ५० प्रतिशत अनुदानमा कृषिका सामाग्रीहरु बितरण गरेको छ । पालिकाले तीन सय बढी कृषकलाई कृषि सामाग्री बितरण गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनु भयो ।

गाउँपालिकाले कृषकसँग आवेदन माग गरेर मात्र आवश्यकताका आधारमा सामाग्रीहरु बितरण गर्दे आई रहेको छ । कृषकलाई ५० प्रतिशत लागत साझेदारीमा एक लाख ४८ हजार बराबरको २६ थान प्लाष्टिक टनेल, दुई लाख ६० हजार बराबरको ६० थान इलेक्ट्रिक स्पेरियर र १० लाख बराबरको दुई सय ५० थान मल्चिङ प्लाष्टिक वितरण गरिएको गाउँपालिकाले जनाएको छ । कृषकहरुको लागि गाउँपालिकाले बिउ बिजनका साथै फलफुलको पकेट क्षेत्रका लागि समेत सहयोग गर्दे आई रहेको छ ।

ब्यवसायीक कृषिका लागेका कृषकहरुलाई प्रोत्साह गर्न गाउँपालिकाले बजेट बिनियोजन गर्दे आई रहेको छ । कृषि सामग्री र कुखुरा, बाख्रा तथा व्यावसायिक बंगुर पालन लगायतको क्षेत्रमा पनि पौवादुङमा गाउँपालिकाले सहयोग गर्दे आएको छ । गाउँघरमा उत्पादित सामाग्रीहरुको बजारीकरणमा समेत गाउँपालिकाले आवश्यक भुमिका निर्वाह गर्दे आई रहेको पालिका अध्यक्ष राईको भनाई रहेको छ ।

ब्यवसायीकरुपमा कृषि गरिरहेका कृषकहरुलाई गाउँपालिकाले आवश्यक सामाग्री सहित सहयोग गरेकोमा कृषकहरु समेत उत्सायी देखिएका छन् । गाउँपालिका भित्र ६ वटा वडाहरु रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?